गज़ल
प्रेमका नसा पिलाउँछन् ,तिम्रा नजरले
टुटेको मन सिलाउँछन् , तिम्रा नजरले
मोहिनी तिम्रो रुपमा, टोलाई म हराउँदा
नजर मा नजर मिलाउँछन् ,तिम्रा नजरले
मृगिनी तिम्रा नयनमा ,डुबेर म रामाउँदा
दुनिया सारा भुलाउँछन्, तिम्रा नजरले
काखमा तिम्रो बसेर, रेशमी केश खेलाउँदा
प्रितिका फुल फुलाउँछन्, तिम्रा नजरले!!
No comments:
Post a Comment