Thursday, 17 March 2016

गज़ल 

प्रेमका नसा पिलाउँछन् ,तिम्रा नजरले 
टुटेको मन सिलाउँछन् , तिम्रा नजरले 

मोहिनी तिम्रो रुपमा, टोलाई म हराउँदा 
नजर मा नजर मिलाउँछन् ,तिम्रा नजरले 

मृगिनी तिम्रा नयनमा ,डुबेर म रामाउँदा 
दुनिया सारा भुलाउँछन्, तिम्रा नजरले 

काखमा तिम्रो बसेर, रेशमी केश खेलाउँदा
प्रितिका फुल फुलाउँछन्, तिम्रा नजरले!!

Wednesday, 2 March 2016

मेरो LOVE STORY

मेरो LOVE STORY

मोबाइलको घन्टी बज्यो ट्रिङ्-ट्रिङ् ट्रिङ्-ट्रिङ्, नम्बर हेरें उन्को होस्टलको नम्बर देखें।  मुटु टक्क रोकियो , मेरो धड्कन तेज तेज चलिरहेको थियो जसरि मोबाइलको घन्टी तेज तेज चिच्याई रहेको थियो।  मलाई एकातिर डर पनि लागिरहेको थियो भने अर्कोतिर मनमा खुल्दुली पनि। मोबाइलको ३० सेकेन्डको ट्रिङ्-ट्रिङ् संगै मेरो मेरो दिल र दिमागमा ३० वटा भन्दा धेरै सवाल जवाफले घन्टी बजाई सकेका थिए।  त्यो पल म सोचिरहेको थिएँ कि यस्तो मान्छेको धड्कन नै तेज हुने गरि बज्ने यो मोबाइल कसले बनाएको होला। रिस पनि उठ्यो , मेरो रक्तचाप बढेर 'Heart Attack' आएको भए, को जिम्मेवार ? फेरी सोचेँ बिचरो त्यो मनुवाको के दोष , सबैजनालाइ त आएको छैन नि Heart Attack  मै फ़नटुसलाइ मात्र के आउला र ? 

२०६५ फाल्गुन महिनाको २ गते थियो शायद , जोड तोडका साथ S L C परिक्षाको तयारि चलिरहेको बेला हाम्रा स्कूलका मास्टरहरुको के मूड चलेछ कुन्नि ? स्कूलको पहिलो  S L C ब्याच हामीलाई तातोपानी पिकनिक लैजाने निर्णय गरेछन्। शायद पढाईको चापबाट १ दिनको लागि भए पनि हामीलाइ छुट्कारा दिनको लागि होला। तर मास्टरहरुलाइ के थाहा हामी त्यसै पनि होस्टेलमा केहि न केहि उट्पट्याङ् काम गरेर संधै मूड फ्रेस गरिरहन्छौं भनेर।  जे भएपनि पिकनिक जाने भनेपछि सबै मित्रहरुको खुसिको सिमा रहेन तर म भने अरु भन्दा केहि भिन्न जन्तु परेछु क्यारे । मेरो दिमागमा भने अर्कै तिक्डम चल्दै थियो किनकि मेरो दुर्भाग्य त्यहि दिन Feb-14 परेको थियो , अर्थात् अंग्रेजहरुको प्यार गर्ने दिन रे !

सबै गुरुहरु अनि साथीहरु जाने भएपछि म आँफु मात्र जान्न भनेर बस्नु पनि भएन कस्तो फर्साद ! बडो चिसो मन लिएर लगियो बिहान बिहान तातोपानी तिर।  दिनभरी त साथीहरुसंग रमाइलो गरियो नै , तर फर्कने समयमा भने म फेरी मेरो प्रेमिल दिमाग घुमाउन थालें।  न घुमोस पनि किन , केहि बहाना-बाजी गरेर मास्टरहरुको हातबाट फुत्केन भने फेरी लगेर कोचीहाल्छन् होस्टल भित्र।  तर मेरो मन आज मान्ने मूडमा थिएन त्यो होस्टल भित्र , मानोस पनि कसरि जब मन मस्तिस्क नै केहि समय देखि अर्कै होस्टल तिर सरि सकेको थियो। 

केहि बर्ष देखिको मित्रता अब मित्रता भन्दा केहि माथि उठ्न खोजिरहेको थियो।  हामी पढ्ने स्कूल केहि टाढा भएपनि मन भने नजिक थियो। हुन पनि हो Distance doesn't matters in Love  , हाम्रो होस्टल पो टाढा थियो मन त नजिक-नजिक ! अनि म मात्र कहाँ थिएँ र मेरो टोलबाट यो स्कूल पढ्न आउने , अरु भाई बहिनि पनि त थिए नि।  कहिले लुकाएर सानो कागजको टुक्रामा मन पोखिदिन्थें अनि ती परेवा रुपी भाई बहिनिको पंखमा बाँधिदिन्थें मेरो मुटु , अनि उनीहरु परेवा जस्तै भुर्र उडेर जान्थे र मिलाईदिन्थे मेरो मुटु मेरी धड्कन संग। अनि कहिले कहिँ होस्टल वार्डेन सरको मोवाइल मेरो हातमा पर्थ्यो र त्यो मोवाइल तब मात्र सरको हातमा पर्थ्यो जब N T C ले प्यारका साथ खबर पठाउँथ्यो "तपाईं को खातामा २ रुपैया भन्दा कम ब्यालेन्स छ। "

तर आज मलाई न त कुनै कागजको टुक्रामा मन टाँस्नु थियो न नै N T C को रेडियो तरङ्गमा। आज मैले प्रण गरिसकेको थिएँ , यो प्रणय दिवसमा उनको आँखाको सामु यो मुटु सजाइदिउँ।  तेसैले केहि न केहि बहाना बनाएर त्यो होस्टलबाट आज बाहिर नै रहनु थियो।  तब मलाई सम्झना आयो मेरो होस्टल वार्डेन प्रलाद सर , जसको N T C पहिले पहिले काम आएको थियो आज मान्छे पनि काम आउनुहुने भयो।  अनि गएँ सर कै सिटमा र फकाउन थालेँ , खासै मस्का लगाउनु परेन सजिलै स्वीकृति मिल्यो , न मिलोस पनि कसरि आखिर मैले पनि सरलाइ तेस्तै समयमा सहयोग गरेको थिएँ अनि पो सरको पूजा मिससंग बिवाह भएको थियो।  

आफ्नो होस्टललाई फर्केर पनि न हेरी म हानिएँ उनको होस्टल तिर। त्यहाँ पनि त उनलाई भेट्न कहाँ सजिलो होला र , आखिर उनि पनि होस्टेलमा नै त थिइन् त्यहाँ गएर उनलाई कसरि भेट्ने भन्ने सोच्दा सोच्दै बाटोमा एउटा उपहार ग्यालरी देखेँ अनि पो याद आयो , खाली हात गएर त के उपलब्धि होला र ? सोचेँ सानो सानो बाख्राको पाठीलाइ त खाली हात देखाएर बोलायो भने उफ्रिएर टाढा भाग्छ , म त कसै को दिल चोर्न हिँडेको। थाहा छैन त्यो मेरो सोच सहि थियो वा गलत तर मलाई जे ठिक लग्यो तेही गरेँ र एउटा सानो भए पनि प्रेमको निसानी ताज महलको मुर्ति किनेँ र साथमा केहि चक्लेटहरु।  बाटोमा सोचेको जति मुस्किल भने भएन उनलाई भेट्न किन कि उनको होस्टलबाट खाना खान बाहिर निस्कने समय भएको रहेछ।  

जति नै प्रण गरेपनि , हिम्मत बटुलेर आएको भएपनि आउँदा आउँदै  मेरो हिम्मत गुमिसकेको थियो , लाजले हो वा डरले।  तेसैले मैले अगिनै फेरी त्येही पुरानो प्रक्रिया अंगाली सकेको थिएँ "कागजको टुक्रा " तर मेरो लागि त्यो कागजको टुक्रा मात्र न भएर मेरो प्रेम थियो , मेरो धड्कन थियो।  मैले भन्न मन लागेको कुराहरु सबै तेसैमा छापिदिएको थिएँ र साथमा उनको मन चोर्न अगि बाटोमा किनेका घुस रुपी उपहारहरु।  मेरो भाग्य भनौ उनलाई खान खाएर फर्किंदै गर्दा बाटोमा नै भेटाऍ तर अरुदिनको जस्तो उनीसंग गफ्फीएर बस्ने आँट आएन र मेरो मन, मुटु , धड्कन सबै उनको हातमा थमाइदिऍ अनि केहि नबोलि लागेँ आफ्नो घरतिर चेन्नाई एक्सप्रेसको गतिमा।  

यसरी कहिले कागजको पाना त कहिले नेपाल टेलिकमको रेडियो तरङ्ग हुँदै उनको र मेरो बीच फैलिएको प्रेमिल तरङ्ग मेरो मोवाइलको बाटो हुँदै चिच्याइरहेको थियो ट्रिङ्-ट्रिङ् ट्रिङ्-ट्रिङ् , केहि त्रास अनि केहि उत्साहको बीच मैले नोकिया ११०० को हरियो बटन दबाएँ र आफ्नो मुटुलाई कानसंग जोडें र म चाहिँ स्तब्ध।  शायद उनको मनमा पनि डर थियो अनि शायद विश्वाश पनि कि मोवाइलको वोल्लो छेउमा उनको प्रतिक्षामा म नै थिएँ नि:शब्द । फोन कानमा जोड्ने बितिकै उताबाट उत्तर आयो "Yes" , अब मेरो दिलको बेचैनी खुसी र उत्साहमा परिणत भैसकेको थियो र मेरो गलाबाट आवाज आइरहेको थिएन , बडा मुस्किलले तिन शब्द निस्किए "I Love You" र आँखाबाट खुसीका आँशु छचल्किए अनि उताबाट पनि आँशु र खुसि मिस्रित आवाज आयो "Love You Too" र फोन काटियो।  म जहाँ उभिएको थिएँ त्यहीँ  घरको छतमा थचक्क बसेँ र डुब्न थालेँ "बादल बर्साको" प्रेमिल काल्पनिक संसारमा। 

बादल बस्नेत 
हाल नयाँ दिल्ली 

Tuesday, 23 February 2016


शुखै शुख जीवन न हुने रहेछ 
सोचे जस्तो झन् न हुने रहेछ 
धन न भए नि, मन त थियो नि 
धन भन्दा ठुलो मन न हुने रहेछ 

Thursday, 18 February 2016



गजल 


म प्यार गर्न अनुमति लिएर आएँ
धुम धाम संग नौमती लिएर आएँ

खुल्लम खुल्ला प्यार गरौंला अब
जन्ती अनि लोकन्ती लिएर आएँ

अब रशलिला मा केहि बाधा छैन
मैले आफ्नै श्रीमती लिएर आएँ

हिजो सम्म जुन अनैतिक थियो
आज नैतिक सहमति लिएर आएँ

म प्यार गर्न अनुमति लिएर आएँ
मैले आफ्नै श्रीमती लिएर आएँ!!!